दमक ।

भोलि बुधबार सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ
मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा बुधबार मुस्लिम समुदायका लागि सार्वजनिक बिदा घोषणा गरेको हो ।

१८ फागुन ०८२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ ।

मुस्लिम आयोगबाट भोलि मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएकाले सरकारले सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूमा शुभकामनासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्