दमक ।
नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूह सर्वोच्च अदालत पुगेको छ ।
देउवा समूहले कांग्रेस महाधिवेशन रोक्न मंगलबार सर्वोच्चमा पूरक निवेदन दर्ता गराएको छ ।
निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
अधिवक्ता श्रवणकुमार देवले देउवा समूहको वारेसका रूपमा निवेदन दर्ता गराएको बताइएको छ ।
सर्वाेच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वाेच्चमा विचाराधीन छ ।
सर्वोच्चमा दिइएको पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५औँ महाधिवेशन गर्ने नमिल्ने जिकिर गर्दै देउवा समूह अदालत पुगेको हो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।