दमक ।
प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले कालो चश्मा लगाउनैपर्ने कारणसहितको स्वास्थ्य परीक्षण रिपोर्ट सङ्घीय संसद् सचिवालयमा पेश भएको छ ।
प्रधानमन्त्री बालेनले कालो चश्मा लगाउनैपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालय पेश भएको हो ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले रिपोर्टसहितको पत्र प्राप्त भएको बताएका छन् ।
यसअघि सभामुख डोलप्रसाद अर्याल ९डीपी० ले संसदभित्र कालो चश्मा नलगाउन दलका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई रुलिङ गरेका थिए । यदि कालो चस्मा लगाउनुपर्ने हो भने स्वास्थ्य परीक्षण रिर्पोट चाहिने भनिएको थियो ।
प्रधानमन्त्री बालेनले २२ साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए । परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकोले कालो चस्मा लागउनुपर्ने अस्पतालको रिपोर्ट २६ साउनमा संसद् सचिवालय पठाइएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो ।
बुधबार डाकिएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । प्रधानमन्त्रीलाई ११ जना सांसदले प्रश्न सोध्ने कार्यक्रम छ ।
सो प्रश्नोत्तर कार्यक्रममा बालेन कालो चश्मा लगाएरै उपस्थित हुन पाउने छन् ।
बालेन झापा ५ बाट एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।