दमक ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघले सरकारले ग्यासको सहज उपलब्धता गर्न नसकेको विरोधमा काठमाडौंको घण्टाघर अगाडि प्रदर्शन गरेको हो ।

ग्यास अभावले विद्यार्थीलाई समस्या परेको भन्दै त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विद्यार्थीहरूले ‘बालेन सरकार चुलो समस्या समाधानमा कित यति ढिलो?’, ‘निभ्यो चुलो, भोकै पेट, मौन सरकार, कति सहने ?’, ‘किताब बोकेर पढ्ने कि, सिलिन्डर बोकेर लाइनमा बस्ने?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्