दमक ।

जनता समाजवादी पार्टी नेपालले पार्टी समायोजनपछि २७९ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकता र समायोजन प्रक्रिया पूरा गरी एकीकृत पार्टीको केन्द्रीय समिति नामावली सार्वजनिक गरिएको हो ।

जसपा नेपालको संरक्षकमा महन्थ ठाकुरलाई चयन गरिएको छ भने केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव छन् । ३३ जना पदाधिकारी रहेकामा सह–अध्यक्ष शरतसिंह भण्डारी रहेका छन् भने वरिष्ठ नेता रकम चेम्जोङ चयन भएका छन् ।
७ जना उपाध्यक्षमा क्रमशः उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव, रेणुकुमारी यादव चयन भएका छन् । त्यस्तै, ३ जना महासचिवमा क्रमशः प्रकाश अधिकारी, लालबाबु राउत र डा. सुरेन्द्र झा चयन भएका छन् ।

७ जना उपमहासचिवहरूमा क्रमशः जयनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लीलादेवी सिटौला चयन भएका छन् ।

पार्टीका ११ जना सचिवहरुमा क्रमशः अर्जुन थापा, उमेश यादव, अनिलकुमार सिंह, उपेन्द्र महतो, कमरुद्धीन राई, मिना चौधरी, राम प्रवेश बैठा, लाक्पा शेर्पा, शैलेन्द्र प्रसाद साह, सुनी लामा र सुरेश मण्डल चयन भएका हुन् । त्यस्तै, कोषाध्यक्षमा सुरिताकुमारी साह चयन भइन् ।

जसपा नेपालको कार्यकारिणी समिति २९ सदस्यीय रहेको छ । २७९ सदस्यीय केन्द्रीय समितिमा साविक जसपा नेपालबाट १६९ र लोसपाबाट ११० जनालाई समावेश गरेको बताइएको छ ।

नामावली लिंकमा :

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्