दमक ।
नेपाली फाइटर सुस्मिता थापामगर प्रोफेसनल मिक्स मार्सल आट्र्स (एमएमए) मा जित निकाल्ने पहिलो महिला नेपाली खेलाडी बनेकी छन् ।
सुस्मिताले आफ्नो डेब्यु खेलमै शनिबार राति भारतको बेंगलुरुमा भएको रोनिन एफसी ३ अन्तर्गतको खेलमा भारतीय खेलाडी शालु शर्मालाई हराउँदै प्रोफेसनल एमएमएमा पहिलो जित दर्ज गरेकी हुन् ।
उनी प्रोफेसनल एमएमएमा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी बनिन् ।
तेक्वान्दो, किकबक्सिङ हुँदै मुवाथाईमा चम्किरहेकी गण्डकी प्रदेशकी फाइटर सुस्मिताले प्रोफेसनल एमएमएमा पनि शानदार डेब्यु गरेकी छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।