कमल ।
कोटेश्वर बहुमुखी क्याम्पसका पूर्व स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति महेन्द्र भट्टराईको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले भट्टराईको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका हुन् । ०६५ सालमा कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति निर्वाचित भट्टराई झापाको कमल १ निवासी हुन् ।
कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिमा स्वर्गीय भट्टराईले नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेसको संगठन निर्माण तथा मुलुकको लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख छ ।
स्वर्गीय भट्टराईको स्मृतिमा सोमबार कोटेश्वर बहुमुखी क्याम्पसमा कांग्रेसले श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो ।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।