दमक ।

धनकुटा प्रहरीले ट्रकमा लुकाएर लैजाँदै गरेको ६ सय ४७ किलोग्राम लागुऔषध गाँजा नियन्त्रणमा लिएको बारे पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको छ ।

ना. ३ ख ५०९५ नम्बरको ट्रक भारी परिमाणमा गाँजा बरामद गरेको प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका ३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सशीदभूमि गाउँपालिका १ का ३६ वर्षीय तुलराम राई रहेका छन् ।

आइतबार कोशी राजमार्गको भेडेटारमा प्रहरीले सो परिमाणमा गाँजा बरामत गरेको थियो । बिहीबार पत्रकार सम्मेलन गरेर घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी गराएका हुन् ।

ट्रकभित्र कालो प्लास्टिकमा पोका पारिएको अवस्थामा गाँजा बरामत भएको थियो । ४८ वटा पोका गाँजाको तौल गर्दा ६ सय ४७ किलोग्राम रहेको पुष्टि भएको प्रहरी उपरीक्षक रञ्जितकारले बताए ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्