समयमै जाँच गरौँ, ज्यान बचाऔँ
डा. दिनेशकुमार मित – MBBS, MD -Gynecology – NAMS, (प्रसूति गृह, थापाथली)
परिचय
पाठेघरको मुखको क्यान्सर -Cervical Cancer_ महिलामा हुने सबैभन्दा सामान्य क्यान्सरमध्ये एक हो । तर यो एउटा यस्तो क्यान्सर हो, जसलाई समयमै खोप -HPV Vaccine_, नियमित स्क्रिनिङ -Screening_ र प्रारम्भिक उपचारबाट धेरै हदसम्म रोकथाम गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठन (WHO) ले पाठेघरको मुखको क्यान्सरलाई Eliminable Cancer अर्थात् भविष्यमा विश्वबाट लगभग समाप्त गर्न सकिने क्यान्सरको रूपमा घोषणा गरेको छ । दुर्भाग्यवश् नेपालमा अझै पनि धेरै महिलाहरू लाज, डर, जानकारीको कमी वा नियमित स्वास्थ्य जाँच नगर्ने बानीका कारण रोग बढिसकेपछि मात्र अस्पताल पुग्ने गर्छन् । त्यसैले समयमै जाँच गराउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
नेपाल र विश्वको पछिल्लो अवस्था
विश्व (GLOBOCAN २०२२) :
हरेक वर्ष करिब ६ लाख ६० हजार नयाँ बिरामी थपिन्छन् ।
करिब ३ लाख ५० हजार महिलाको मृत्यु यसै रोगको कारण हुने गरेको छ ।
नेपाल (GLOBOCAN २०२२) :
हरेक वर्ष करिब २,१६९ नयाँ बिरामी थपिन्छन् ।
करिब १,३१३ महिलाको मृत्यु हुने गरेको अनुमान छ ।
तथ्यांकको सारः
नेपालमा औसतमा प्रत्येक दिन ३ देखि ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउने गरेका छन् ।
WHO को ९०–७०–९० लक्ष्य
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि ९०–७०–९० रणनीति अघि सारेको छ :
९०% किशोरीहरूले १५ वर्ष पुग्नुअघि ज्एख् विरुद्धको खोप लगाउने ।
७०% महिलाले ३५ र ४५ वर्षको उमेरमा गुणस्तरीय स्क्रिनिङ गराउने ।
९०% प्रि–क्यान्सर वा क्यान्सर भएका महिलाले समयमै उचित उपचार पाउने ।
यदि यी लक्ष्यहरू पूरा भए भविष्यमा यो रोग अत्यन्तै न्यून हुने अपेक्षा गरिएको छ ।
यो रोग किन हुन्छ ?
यो क्यान्सर मुख्यतया Human Papilloma Virus -HPV नामक भाइरसको दीर्घकालीन संक्रमणका कारण हुन्छ ।
विशेष गरी HPV Type १६ र HPV Type १८ ले अधिकांश क्यान्सर गराउँछन् ।
यो भाइरस मुख्यतया यौन सम्पर्कबाट सर्ने गर्छ ।
धेरैजसो महिलामा शरीरको रोग प्रतिरोधात्मक शक्तिले १–२ वर्षभित्र भाइरस आफैँ हटाउँछ । तर, केही महिलामा संक्रमण धेरै वर्षसम्म (सामान्यतया १०–१५ वर्ष) रहिरहेमा पाठेघरको मुखका कोषहरूमा परिवर्तन हुँदै अन्ततः क्यान्सर हुन सक्छ ।
जोखिम बढाउने कारणहरू
सानै उमेरमा विवाह वा यौन सम्पर्क हुनु ।
धेरै बच्चा जन्माउनु ।
धूम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गर्नु ।
HVP वा HIV को दीर्घकालीन संक्रमण ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु ।
व्यक्तिगत सरसफाइमा कमी र नियमित स्क्रिनिङ नगर्नु ।
लक्षणहरू
सुरुवाती अवस्थामा यस रोगका कुनै पनि लक्षण नदेखिन सक्छन् । त्यसैले स्वस्थ महिलाले पनि नियमित जाँच गराउनु अत्यन्त आवश्यक हुन्छ ।
रोग बढ्दै जाँदा देखिन सक्ने लक्षणहरू :
–यौन सम्पर्कपछि रगत देखिनु ।
– महिनावारी रोकिएपछि (Menopause) पुनः रगत आउनु ।
– दुर्गन्धित सेतो पानी बग्नु ।
– तल्लो पेट वा ढाड निरन्तर दुखिरहनु ।
– यौन सम्पर्क गर्दा दुख्नु ।
– पिसाब वा दिसा गर्दा रगत आउनु (ढिलो अवस्थामा) र खुट्टा सुन्निनु (अन्तिम चरणमा) ।
स्क्रिनिङ (Screening) समयमै जाँच, समयमै बचाउ
नेपालमा राष्ट्रिय कार्यक्रम अन्तर्गत मुख्य रूपमा ३०–४९ वर्षका महिलालाई प्राथमिकताका साथ स्क्रिनिङ गरिन्छ । चिकित्सकको सल्लाहअनुसार ३०–६५ वर्षसम्म नियमित जाँच गराउनु उपयुक्त हुन्छ ।
उपलब्ध जाँचहरू :
–VIA -Visual Inspection with Acetic Acid_M सरल, सस्तो तथा तुरुन्तै रिपोर्ट आउने विधि ।
–Pap Smear / Liquid Based Cytology -LBC_M पाठेघरको मुखका कोषहरूको सूक्ष्म परीक्षण ।
–HPV DNA Test M HPV भाइरस नै पहिचान गर्ने सबैभन्दा संवेदनशील र आधुनिक परीक्षण ।
सामान्य जाँच अन्तराल :
- HPV DNA Test सामान्य भए ५ वर्षमा एक पटक ।
- Pap Smear सामान्य भए ३ वर्षमा एक पटक ।
- VIA सामान्य भए ३–५ वर्षमा चिकित्सकको सल्लाहअनुसार ।
- HPV खोप (HPV Vaccine)
पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने सबैभन्दा प्रभावकारी उपायमध्ये ज्एख् खोप एक हो । नेपाल सरकारले १०–१४ वर्षका किशोरीहरूका लागि राष्ट्रिय HPV खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।
WHO को सिफारिसः अधिकांश ९–१४ वर्षका स्वस्थ किशोरीहरूलाई एक मात्रा -Single–dose_ HPV खोप पर्याप्त मानिएको छ ।
यौन सम्पर्क सुरु हुनुअघि खोप लगाउँदा यसको प्रभाव सबैभन्दा राम्रो हुन्छ ।
यदि रिपोर्ट असामान्य आयो भने के हुन्छ ?
सबै असामान्य रिपोर्ट क्यान्सर हुँदैनन् । प्रारम्भिक परिवर्तन -Pre–cancer_ भेटिएमा निम्न आधुनिक उपचारबाट क्यान्सर हुनुअघि नै रोग पूर्ण रूपमा निको पार्न सकिन्छ :
Thermal Ablation
– Cryotherapy
– LEEP -Loop Electrosurgical Excision Procedure
– Cold Knife Conization
यदि क्यान्सर नै पुष्टि भएमा रोगको चरणअनुसार शल्यक्रिया (Surgery), रेडियोथेरापी, र केमोथेरापीको प्रयोग गरिन्छ ।
कसरी बच्ने ?
– समयमै HPV खोप लगाउने ।
– नियमित स्क्रिनिङ गराउने ।
– धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
– सुरक्षित यौन व्यवहार अपनाउने ।
– कुनै पनि असामान्य रक्तस्राव वा दुर्गन्धित पानी बगेमा तुरुन्त स्त्रीरोग विशेषज्ञसँग परामर्श गर्ने ।
थप महत्वपूर्ण सुझाव तथा जनचेतना
भ्रमबाट मुक्त रहौँ :
‘बच्चा भइसकेका वा उमेर ढल्किसकेका महिलालाई मात्र क्यान्सर हुन्छ’ भन्ने गलत धारणा समाजमा अझै छ । ३० वर्ष नाघेपछि सबै महिलाले नियमित स्क्रिनिङ गराउनु अनिवार्य हुन्छ ।
पुरुषको भूमिका :
HPV संक्रमण रोकथाममा पुरुषहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ । सुरक्षित यौनसम्पर्क र समुदायमा खोप तथा स्क्रिनिङप्रतिको सकारात्मक सोचका लागि परिवार र समाजले महिलालाई सक्रिय रूपमा प्रोत्साहन गर्नुपर्छ ।
‘आजको सानो जाँचले भोलिको ठूलो समस्या रोक्न सक्छ ।’
डा. मित दमक ६ स्थित पञ्चमी अर्जेन्ट केयर क्लिनिकमा कार्यरत छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।