दमक ।
हिन्दु राज्यको वकालत गर्दै आएका दुर्गा प्रसाई पक्राउ परेका छन् ।
प्रसाईलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार राति पौने ११ बजे आसपासको समयमा पक्राउ गरेको हो ।
उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेका थिए ।
प्रसाईलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएकै कारण प्रहरीले पक्राउ गरेको थियो ।
उनले पत्रकार सम्मेलनमा हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना गर्न आन्दोलनको घोषणा गर्ने जिकिर गरेका थिए ।
प्रसाई अस्ताल सञ्चालक हुन् । उनले अस्प्ताल सञ्चालनको आवरणमा भड्काववादी गतिविधि गर्दै आएका छन् ।
१५ चैत ०८१ मा पनि प्रसाईले कथित हिन्दु राज्य घोषणाको हवला दिँदै काठमाडौँको तीनकुनेमा राजावादीहरूलाई भेला गरेर हिंस्रक गतिविधि गराएका थिए । त्यस घटनाको प्रमुख योजनाकार र नेतृत्वकर्ताको रूपमा प्रसाईंलाई प्रहरीले भारतको आसम राज्यबाट पक्राउ गरेर ल्याएको थियो भने लामो समय हिरासत बसेर उनी छुटेका हुन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।