दमक ।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच देशैभरका सातै प्रदेशमा सत्तासाझेदारी गर्ने सहमति भएको छ ।
शनिबार दुवै दलका शीर्ष नेताबीच यस्तो सहमति भएको हो ।

सहमतिअनुसार नेकपा एमालेले क्रमशः कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पाउने भएको छ भने नेकपाले कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको नेतृत्व गर्ने भएको छ ।

मधेश प्रदेश र गण्डाकी प्रदेशका हकमा भने प्रदेश सभामा प्रतिनिधित्व गरेका अन्य दलहरुसँगको परामर्शमा नेतृत्व वा सहभागिता जनाउने भनी उल्लेख गरिएको छ ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका हुन् ।

केपी ओली पछिल्लो पटक केन्द्रीय सत्तामा आएपछि एमाले र काँग्रेसबीच प्रदेश सरकारहरु भागबण्डामा परेका थिए । जसमा काँग्रेस र एमालेले सरकारको नेतृत्व पाएका थिए ।

काँग्रेसले जेनजी विद्रोहपछि एमालेसँगको सहकार्य तोडेसँगै एमाले र नेकपाबीच प्रदेश तहका लागि नयाँ सत्ता सहमति जुटेको हो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्