एजेन्सी ।

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रधानले सामाजिक सञ्जाल एक्समा राजीनामाबारे जानकारी दिएका हुन् ।

उनीविरुद्ध एक महिना भन्दा बढी समय भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले प्रदर्शन गरेको थियो ।

नीट युजी परीक्षा २०२६ मा प्रश्नपत्र लिक भएपछि त्यसविरुद्ध सिजेपी आन्दोलित भएको थियो ।

पेपक लिकपछि पुनः परीक्षा गरिए पनि १३ भन्दा बढी विद्यार्थीले सोही विषयलाई लिएर आत्महत्या गरेका थिए ।

सिजेपीको नेतृत्वमा भएको विद्यार्थी र युवाको प्रदर्शन दिल्ली हुँदै भारतका विभिन्न राज्यहरूमा चलेको थियो ।

उनीहरुले शिक्षामन्त्री प्रधानको राजीनामासहित शिक्षा प्रणालीमा सुधारको माग गर्दै आएका छन् ।

सिजेपीको आन्दोलनलाई साथ दिँदै भारतका शिक्षाविद्, पर्यावरणविद् एवम् वैज्ञानिक सोनम वाङ्चुकले २६ दिन आमरणअनसन बसेका थिए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्