एआई निर्मित काल्पनिक तस्वीर ।

दमक ।

गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गर्ने मधेश प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दर्ता भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका ७, सर्लाही र रौतहटका ३ तथा धनुषाका १ जना उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको हो ।

कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा संकलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि उनीहरुविरुद्ध सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दायर गरिएको प्रमुख दाहालको भनाइ छ ।

सप्तरी र सिरहाका ३ र धनुषाका २ गरी थप ५ उद्योगी–व्यवसायीविरुद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता प्रक्रिया अघि बढेको उनले बताए ।

ती उद्योगी र व्यवसायीले उत्पादन गरेका तथा बिक्री गर्न राखिएका खाद्य सामग्री स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लंघन भएको पाइएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो ।

आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशका जिल्लाबाट कानुनबमोजिम ५७८, उत्पादकको आग्रहमा एक हजार २२८, सरकारी निकायबाट प्राप्त २० सहित कुल ४ हजार ५५९ खाद्य नमुना सङ्कलन गरिएको थियो ।

तीमध्ये ३५ नमुनामा प्रतिकूल नतिजा देखिएको र १० नमुनामा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्