दमक ।

सरकार स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हटेको छ । शिक्षा र स्वास्थ्य सेवा लिएवापत नागरिकले ३ प्रतिशत कर तिर्नुपर्नेगरी बजेट वक्तब्यमार्फत सरकारले लोकेको करको निर्णयबाट सरकार पछि हटेको हो ।

देशव्यापी विरोधपछि प्रधानमन्त्री बालेन्द्र शाहले बजेट भाषणमार्फत सरकार शिक्षा स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर नलिने निर्णयमा पुगेको बताएका हुन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर नलिइने जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीले थप भनेका छन्, ‘यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।’

सरकारी निर्णय परिवर्तन गरिएको बारे उनले लेखेका छन्, ‘सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्