दमक ।
हेरक वर्ष पहिलो चरणमा बालबालिकालाई खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम दशैंको सार्वजनिक बिदाका कारण कार्तिक १७ र १८ गतेलाई सारिएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम दशैं विदाका कारण आउँदो १७ र १८ गते सञ्चालन गरिने भएको हो ।
सरकारले हरेक वर्ष बालबालिकालाई पहिलो चरण कार्तिकमा र दोस्रो चरण बैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ ।
विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रहसमेत गरेको छ ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन र जुकाको संक्रमणबाट हुने स्वास्थ्य समस्याको जोखिम घटाउन सरकारले नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।