दमक ।

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल निलम्बनमा परेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी निलम्बन गरिएको उल्लेख छ ।

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना एआईजी दाहालले चुहावट गरी आचरण विपरीत कार्य गरेको भनी सशस्त्र प्रहरीले कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरेको बताइन्छ ।

३ दिनभित्र दाहालसँग सूचना चुहाएको विषयमा जाँचबुझ गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको विज्ञप्तिमा छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्