दमक ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा रवि न्यौपाने निर्वाचित भएका छन ।

क्षेत्रीय सभापति पदको निर्वाचनमा न्यौपानेले ४४१ मत प्राप्त गर्दै प्रतिस्पर्धी रोशनकुमार विष्टलाई २० मतले पछि पार्दै निर्वाचित भएका हुन । विष्टले ४२१ मत प्राप्त गरे ।
निर्वाचनमा ९०२ मत खसेको जनाइएको छ।

निर्वाचित भएपछि न्यौपानेले आफूलाई प्राप्त विश्वास, समर्थन र शुभेच्छाका लागि वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन।

उहाँले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिका रूपमा नभई संगठनप्रतिको साझा विश्वासका रूपमा लिँदै आपसी सहकार्य, संवाद, संगठनात्मक एकता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रतिबद्धता गरेका छन ।

प्रतिस्पर्धी रोशनकुमार विष्टप्रति सम्मान व्यक्त गर्दै न्यौपानेले निर्वाचनपछि आफूहरू सहयात्री भएको उल्लेख गर्दै विष्टको अनुभव, ऊर्जा र सुझावलाई समेत साथमा लिएर झापा क्षेत्र नं. ५ को कांग्रेस संगठनलाई थप मजबुत बनाउने बताए ।

“व्यक्ति होइन संगठन, प्रतिस्पर्धा होइन सहकार्य र गुट होइन समग्र कांग्रेस” भन्ने भावनाका साथ अघि बढ्ने न्यौपानेको भनाइ छ।

उहाँले निर्वाचनमा सहयोग, सद्भाव र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण कांग्रेसजन, निर्वाचन समिति, सञ्चारकर्मी तथा सुरक्षाकर्मीप्रति समेत आभार गरेका छन ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्