धारन ।

पत्रकार एवम् ब्लास्ट टाइम्सका सम्पादक भोजराज श्रेष्ठको पुस्तक ‘सुनसरीको मिडिया परिदृश्य’ आइतबार बिमोचन भएको छ ।

सुनसरीको पत्रकारिताको अनुसन्धानात्मक इतिहास समावेश भएको पुस्तक धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा बिमोचन गरिएको हो ।

‘अविश्रान्त यात्रा’ नामक पुस्तकको सम्पादन गरेका श्रेष्ठको यो पहिलो पुस्तक हो । २५६ पृष्ठको यो पुस्तकलाई धरान रिडर्स ग्रुपले प्रकाशन गरेको हो ।

विमोचित पुस्तकबारे प्राध्यापक डाक्टर टंक न्यौपाने, वरिष्ठ पत्रकार हर्ष सुब्बाले बोलेका थिए ।

कार्यक्रममा बोल्दै धरान नगरपालिकाका पूर्वनगर प्रमुख तिलक राईलगायतले पुस्तक र लेखकलाई बधाइ दिएका थिए ।

सुनसरीमा स्थापित मिडियाहरूले पत्रकार उत्पादनमा कस्तो भूमिका खेले ? सुनसरीको पत्रकारितामा देखिएका प्रवृत्तिदेखि पत्रकारहरूको पुस्तालाई पनि पुस्तकमा केलाइएको लेखक श्रेष्ठको भनाइ छ । पुस्तकमा जिल्लाका पत्रकारको अवस्थालाई पनि चित्रण गरिएको उनको भनाइ छ । पुस्तक सुनसरीको पत्रकारिता बुझ्ने एक अनुसन्धानात्मक ग्रन्थ हो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्