दमक ।

आउँदो २०८४ को स्थानीय तह निर्वाचनका लागि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट सम्बन्धि रूपरेखा सार्वजनिक गरेको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदैगर्दा रास्वपाले क्यान्डिडेट क्लब (उम्मेदवार समूह) र उम्मेदवार छनोट कार्यविधिसहितको रूपरेखा सार्वजनिक गरेको हो ।

योग्य नेतृत्व सुनिश्चितताका लागि उम्मेदवार छनोट वैज्ञानिक र वस्तुपरक उपाय अवलम्बन हुने रास्वपाले दावी गरेको छ ।

रास्वपाको नयाँ रूपरेखाअनुसार सुरूमा क्यान्डिडेट क्लबमा आवेदन माग गरिन्छ । आवेकहरुमध्ये छनोटका विभिन्न चरणका परीक्षामा उत्तीर्ण हुनेहरूलाई मात्र उम्मेदवारका लागि योग्य ठहराइने छ ।

सार्वजनिक गरिएको मापदण्डमा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमध्ये जुनसुकै पदमा उठ्न चाहनेले व्यक्तिले अनिवार्य क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्ने छ । यसका लागि दुई वटा क्लब तोकेको छ – पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब ।

कानुन बमोजिम योग्यता पुगेको, रास्वपाको साधारण सदस्य रहेको र पार्टीको विचार, सिद्धान्त तथा नीतिलाई समर्थन गर्ने व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिन पाउनेछन् ।

त्यसका अतिरिक्त घरेलु हिंसा, यौन दुर्व्यवहार तथा साइबर बुलिङमा संलग्न नभएको भनी उम्मेदवार बन्न चाहने व्यक्तिले स्वघोषणा गर्नुपर्ने शर्त राखिएको छ । त्यस्तै, अदालतमा मुद्दा भए/नभरुको, वैवाहिक अवस्थाको कानुनी स्पष्टता पनि स्वघोषणामा खुलाउनुपर्ने प्रावधान छ ।

यी आधारबाट तय गरिने छ छनोट प्रक्रिया –

१. लिडरसिप एकेडेमी (२५५ भारांक): आवेदन स्वीकृत भएकाहरू रास्वपाको ‘लिडरसिप एकेडेमी’ मा सहभागी हुनुपर्ने छ । त्यहाँ प्राप्त ज्ञानका आधारमा दिइने परीक्षणको अंकलाई २५ प्रतिशत भारांक मानिने छ । यस एकेडेमीमा फेल हुनेहरू उम्मेदवार छनोट प्रक्रियाबाटै बाहिरिने छन् ।

२. पोलिटिकल प्रोक्सिमिटी (२५५ भारांक): एकेडेमीमा सफल भएकाहरूको ‘पोलिटिकल प्रोक्सिमिटी’ चरणमा मूल्याङ्कन गरिने छ । यसअन्तर्गत सांगठनिक आबद्धता, चुनाव जित्ने सम्भावना, जनसम्बन्ध, सार्वजनिक लोकप्रियता, आचरण र तटस्थ सामाजिक परीक्षणका आधारमा अंक प्रदान गरिने छ । यसको जाँचबुझका लागि छुट्टै समिति बनाइने छ ।

३. समावेशी सम्बोधन (१०% भारांक): संविधानको समानुपातिक समावेशी सिद्धान्तलाई छनोट प्रक्रियाको अभिन्न अंग मान्दै १० प्रतिशत भारांक छुट्ट्याइएको छ । तर पहिले नै सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख भइसकेका, मन्त्री/राज्यमन्त्री वा सोसरहको राजनीतिक जिम्मेवारी पाएका, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक नियुक्ति पाइसकेका र समानुपातिक वा आरक्षण कोटा उपभोग गरिसकेका व्यक्तिले समावेशीतातर्फको अंक पाउने छैनन् ।

४. पार्टीको आन्तरिक निर्वाचन (४०५ भारांक): पार्टी संरचनाभित्रका सदस्यहरूले मतदानमार्फत उम्मेदवार छनोट गर्ने यस व्यवस्थालाई अनिवार्य मानिएको छ । यसको भारांक ४० प्रतिशत रहने छ ।

आन्तरिक निर्वाचनका लागि ३ प्रकारका मतदाता मण्डल रहने छन् —

४.१. क्रियाशील मतदाता मण्डल (७५५ भारांक): सम्बन्धित निर्वाचन क्षेत्रका साधारण सदस्यहरू ।

४.२. मध्यवर्ती सांगठनिक मतदाता मण्डल (१५५ भारांक): सम्बन्धित क्षेत्रका वडा/पालिका कमिटी, जिल्ला, प्रदेश कमिटी र केन्द्रीय विभागका सदस्यहरू ।

४.३. विशिष्ट मतदाता मण्डल (१०५ भारांक): सम्बन्धित क्षेत्रमा मतदाता ठेगाना भएका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र संघीय सांसदहरू ।

५. कार्यान्वयन र आचारसंहिता :

स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयनका लागि केन्द्रीय पदाधिकारीको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरिने छ ।

उम्मेदवार छनोटका लागि जारी भएको रूपरेखामा आर्थिक लेनदेन तथा चलखेलमा पूर्ण प्रतिबन्ध, आन्तरिक मतदान वा मूल्याङ्कनमा धाँधली गर्नेलाई कडा कारबाही, गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मान्ने जस्ता दण्ड–सजायसम्बन्धी कडा व्यवस्था गरेको छ ।

तर कुनै असाधारण परिस्थिति सिर्जना भए यी नियमित प्रक्रियाभन्दा बाहिर गएर पनि उम्मेदवार छनोट गर्न सकिने छ उल्लेख छ । त्यसका लागि केन्द्रीय समितिको दुईतिहाई बहुमतले निर्णय पारित गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्