दमक ।

झापाको कमल गाउँपालिका ५ र ६ स्थित मंगलबारे बजारको पूर्वाधार विकास र स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट ३ करोड बजेट विनियोजन भएको छ ।

सङ्घ सरकारबाट प्राप्त हुने सो बजेट बजार क्षेत्रको भौतिक पूर्वाधार निर्माण, बजार व्यवस्थापन र कृषि उपजको सहज किनबेचका लागि आवश्यक संरचना निर्माण गर्दा कार्यमा खर्च गरिने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले जानकारी दिएका छन् ।

‘मंगलबारे बजार कमल गाउँपालिकाको प्रमुख कृषि बजार भएकाले यसलाई आधुनिक, व्यवस्थित र किसानमैत्री बजारका रूपमा विकास गर्न सङ्घीय सरकारको यो बजेट महत्वपूर्ण उपलब्धि हो,’ अध्यक्ष राईले भने, ‘यो बजेटले मंगलबारे बजारलाई व्यवस्थित र आधुनिक बनाउन ठूलो टेवा पुग्नेछ । यसबाट किसानले आफ्ना उत्पादनको उचित बजार पाउनेछन् भने व्यापारीलाई पनि व्यवसाय सञ्चालनमा सहज हुनेछ ।’

राईका अनुसार बजेट कार्यान्वयनपछि स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने छ । जसले गर्दा समग्र स्थानीय अर्थतन्त्रमा सुधार आउने अपेक्षा लिइएको उनले बताए ।

गाउँपालिकाले विनियोजित बजेटलाई प्रभावकारी रूपमा कार्यावयन गर्दै मंगलबारे बजारलाई स्थानीय कृषि उत्पादनको प्रमुख तथा व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको बताइएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्