दमक ।
स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेयता लामो समय निराशाजनक नतिजाहरू बेहोर्नुपरेको थियो । तर, प्रशिक्षक लुइस डे ला फुन्तेको कुशल नेतृत्वमा स्पेनले न्युयोर्क–न्यु जर्सी स्टेडियममा भएको विश्वकप २०२६ को फाइनल भिडन्तमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै १६ वर्षको लामो प्रतीक्षाको अन्त्य गरेको छ । अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको एकमात्र गोल फाइनलमा निर्णायक बन्यो, जसले स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनायो । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र सामूहिक प्रदर्शनको बलमा स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्ने गौरव हाँसिल गरेको हो ।
प्रशिक्षक फुन्तेको नेतृत्वमा स्पेनले प्रतियोगिताभर सबैभन्दा आकर्षक र सन्तुलित फुटबल खेल्ने टोलीको परिचय दिएको थियो । बल नियन्त्रण, उच्च प्रेसिङ, तीव्र आक्रमण र अनुशासित रक्षाको मिश्रणले स्पेनलाई उपाधिसम्म पु¥यायो । फ्रान्सजस्तो दाबेदार टोलीलाई सेमिफाइनलमा प्रभावशाली रूपमा पराजित गरेपछि स्पेनले फाइनलमा पनि आफ्नो लय कायमै राख्यो, साविक विजेता अर्जेन्टिनालाई पराजित गर्यो ।
फाइनलमा अर्जेन्टिनाविरुद्ध निरन्तर अट्याकिङ फुटबल खेल्दै स्पेनले दर्जनभन्दा बढी अवसर बनाएको थियो । जितका लागि भने अतिरिक्त समय नै कुर्नुप¥यो ।
एक समय जाभी, इनिएस्टा, कासियास र पुइयोलको पुस्ताले विश्व फुटबलमा शासन गरेको स्पेन अहिले नयाँ अनुहारसँगै पुनः शिखरमा पुगेको छ । लामिन यमाल, पाउ कुबार्सी, पेड्रो पोरो, फेरान टोरेसजस्ता युवा खेलाडी र रोड्री, फाबियन रुइज तथा आयमेरिक लापोर्टजस्ता अनुभवी खेलाडीको सन्तुलित संयोजनले स्पेनलाई विश्वविजेता बनायो । स्पेनका पाउ कुबार्सी उत्कृष्ट खेलाडी घोषित भए भने सर्वोत्कृष्ट खेलाडी घोषित स्पेनकै कप्तान रोड्रीले गोल्डेन बल अवार्ड प्राप्त गरे । गोल्डेन ग्लभ्समा पनि स्पेनकै गोलकिपर उनाइ सिमोनको कब्जा रह्यो ।
विश्वकपअघि नै युरोपेली च्याम्पियन बनेको स्पेनले अब केही वर्ष विश्व फुटबलमा आफ्नो दबदबा कायम राख्ने संकेत दिएको छ ।
स्पेनले समूह चरणमा अपेक्षाअनुसार सहज सुरुवात भने गर्न सकेको थिएन । पहिलो खेलमा आश्चर्यजनक टोली केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसले साउदी अरेबियालाई ४–० ले हरायो । अन्तिम खेलमा उरुग्वेमाथि १–० को जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा पुग्यो ।
राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले सहज रूपमा हराएको स्पेनले त्यसपछि पोर्चुगललाई १–० र बेल्जियमलाई २–१ ले पराजित ग¥यो । दुवै खेलमा मिकेल मेरिनोले अन्तिम समयमा निर्णायक गोल गरेका थिए ।
सेमिफाइनलमा भने स्पेनले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई पूर्ण रूपमा दबाबमा राख्यो । लामो समय बल नियन्त्रणमा राख्दै फ्रान्सको आक्रमणलाई निष्क्रिय बनाएको स्पेनले प्रभावशाली जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।
स्पेनको सफलताको केन्द्रमा सामूहिक प्रदर्शन रह्यो । रोड्रीले प्रतियोगिताभर मिडफिल्ड नियन्त्रण गरे भने फाबियन रुइजले खेलको गति निर्धारण गरे । रक्षापङ्क्तिमा लापोर्ट र कुबार्सीको जोडी उत्कृष्ट रह्यो भने गोलरक्षक उनाइ सिमोनले प्रतियोगिताभर एक गोल मात्र बेहोरे ।
युवा सनसनी लामिन यमालले गोल र असिस्टमा खासै योगदान नदिएपनि विपक्षी रक्षापङ्क्तिमाथि निरन्तर दबाब सिर्जना गरे । प्रतियोगिताभर सबैभन्दा धेरै सफल ड्रिबल गर्ने खेलाडीमध्ये परेका उनले फाइनलमा पनि आफ्नो प्रभाव देखाएका थिए ।
यस्तै, स्पेनका लागि फरक खेलमा फरक खेलाडीहरूले योगदान दिए । समूह चरणका खेलहरूमा मिकेल ओयरजाबाल, डानी ओल्मो, लामिन यमालजस्ता खेलाडीहरूले गोल गरेका थिए ।
नकआउट चरणमा आइपुग्दा मिकेल मेरिनो बेन्चबाट आएर चम्किनेदेखि पेड्रो पोरो र फेरान टोरेससम्मले गोल गरे । यसले पनि स्पेनको टोलीमा रहेका हरेक खेलाडीको शतप्रतिशत इफोर्ट रहेको देखिन्छ । डिफेन्समा पनि लापोर्टको अनुभवसँगै युवा पाउ कुबार्सी, पेड्रो पोरो र मार्क कुकुरेला उत्कृष्ट रहे ।
सन् २०१० मा विश्वकप जितेर २०१४ र २०१८ मा देखिएको निराशा तथा २०२२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि स्पेनी फुटबल फेरि विश्वको सर्वोच्च स्थानमा फर्किएको छ । यो उपाधिले केवल विश्वकप जितेको अर्थ राख्दैन, बरु स्पेनको नयाँ पुस्ताले अन्तर्राष्ट्रिय फुटबलको नेतृत्व गर्न थालेको संकेत पनि हो ।
यस जितसँगै स्पेनले युरोपेली च्याम्पियन र विश्व च्याम्पियन दुवैको हैसियत कायम राख्दै विश्व फुटबलमा नयाँ स्वर्णिम अध्याय सुरु गरेको छ । स्पेनले सन् २०२४ मा भएको युरोकपको उपाधि पनि जितेको थियो, त्यसको दुई वर्षपछि विश्व फुटबलकै सबैभन्दा उच्च ओहोदाको ट्रफी पनि जित्न सफल भयो ।
फाइनल खेल रणनीतिक हिसाबले एकपक्षीय देखिएको थियो । स्पेनले सुरुवातदेखि निरन्तर अट्याक गरिरहँदा गोल भने निस्कन सकेको थिएन । अर्जेन्टिनाले भने स्पेनको अट्याकिङ विफल बनाइरहँदा खासै अट्याक बुन्न सकेको थिएन ।
निर्धारित ९० मिनेटमा पनि कुनै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पनि पहिलो हाफमा भने कुनै गोल भएको थिएन । दोस्रो हाफको सुरुवातमै १०६ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी १४ मिनेट र थपिएको ५ मिनेटमा अर्जेन्टिनाले गोल फर्काउन प्रयास गरेपनि सफल हुन सकेन र टोरेसको गोल नै निर्णायक बन्यो ।
२०३० मा कहाँ हुनेछ विश्वकप ?
२०३० को फिफा विश्वकप छ देशहरूमा आयोजना हुनेछ, जसमा युरोप र अफ्रिकाका मुख्य आयोजक देशहरूमा प्रतियोगिता सर्नुअघि दक्षिण अमेरिकामा उद्घाटन खेलहरू हुनेछन् । यो अद्वितीय ढाँचाले फिफालाई उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा शतवार्षिकी खेलहरूसहित प्रतियोगिताको १०० औं वार्षिकोत्सव मनाउन अनुमति दिनेछ ।
अर्को फिफा विश्वकप सन् २०३० मा आयोजना हुनेछ । फिफाको प्रस्तावित तालिका अनुसार, जुन ८ र ९ मा उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा शतवार्षिकी खेलहरू हुनेछन्, त्यसपछि जुन १३ र १४ मा मोरक्को, पोर्चुगल र स्पेनमा उद्घाटन खेलहरू हुनेछन् । फिफाले पूर्ण खेल तालिका अझै पुष्टि नगरेको भए तापनि विश्वकपको फाइनल जुलाई २१ मा खेलिने अपेक्षा गरिएको छ ।
स्पेन, पोर्चुगल र मोरक्कोले प्रतियोगिताको अधिकांश खेलहरू आयोजना गर्नेछन् । प्रतियोगिताको १०० औँ वार्षिकोत्सव मनाउन, बाँकी खेलहरू तीन मुख्य आयोजक राष्ट्रहरूमा सर्नु अघि उरुग्वे, अर्जेन्टिना र पाराग्वेले उद्घाटन–चरणको एक–एक खेल खेलाउनेछन् ।
फिफाका अनुसार उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको सम्मानस्वरूप एउटा खेल आयोजना गर्नेछ भने अर्जेन्टिनाको खेलले सो प्रतियोगितामा उपविजेताको रूपमा रहेको यसको भूमिकालाई कदर गर्नेछ । त्यस समयमा अस्तित्वमा रहेको एकमात्र महादेशीय फुटबल महासंघ, कन्मेबोलको घर भएको नाताले पाराग्वेले पनि एउटा खेल आयोजना गर्नेछ ।
यो प्रतियोगिता छवटा देश र तीनवटा महादेशमा आयोजना हुने पहिलो पुरुष विश्वकप बन्नेछ । आयोजकको हैसियतमा स्वतः छनोटमार्फत् छवटा देशले २०३० को फिफा विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
ती देशहरूमा प्रतियोगिताका तीन मुख्य सह–आयोजक स्पेन, पोर्चुगल र मोरक्को, साथै उरुग्वे, अर्जेन्टिना र पाराग्वे रहेका छन् । बाँकी ४२ स्थानहरू आगामी वर्षहरूमा फिफाका महादेशीय छनोट प्रतियोगिताहरूमार्फत तय गरिनेछन् । दक्षिण अमेरिकामा हुने तीन खेलमा सहभागी हुने टोलीहरूलाई उनीहरूको अर्को समूह चरणको खेलअघि यात्रा गर्न, आराम गर्न र तयारी गर्न अतिरिक्त समय दिइनेछ ।
जुन ८ र ९ मा हुने शतवार्षिकी खेलहरूपछि, मुख्य उद्घाटन समारोह र मोरक्को, पोर्चुगल र स्पेनमा हुने पहिलो खेलहरू जुन १३ र १४ मा हुने अपेक्षा गरिएको छ । उरुग्वे, अर्जेन्टिना र पाराग्वे सम्मिलित समूहका बाँकी टोलीहरूले जुन १५ र १६ मा आफ्नो अभियान सुरु गर्नेछन् । ती समूहहरूमा दोस्रो चरणका खेलहरू जुन २१ र २२ का लागि तय गरिएको छ । फिफाले सम्पूर्ण क्यालेन्डर सार्वजनिक गर्न अझै बाँकी छ ।
२०३० को फिफा विश्वकपमा हाल ४८ टोलीहरू सहभागी हुने तय गरिएको छ, जुन संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा भएको २०२६ को प्रतियोगितामा सुरु भएको ढाँचा हो । यद्यपि, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नियामक निकायले प्रतियोगितालाई ६४ टोलीमा विस्तार गर्ने प्रस्तावको परीक्षण गर्ने बताएका छन् ।
स्विस मिडिया आउटलेट ‘ब्लुविन’ सँग कुरा गर्दै, इन्फान्टिनोले ४८ टोलीको ढाँचालाई ‘भव्य सफलता’ को रूपमा वर्णन गरे र यसले धेरै देशहरूलाई उच्चतम स्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिएको र खेललाई विश्वव्यापी रूपमा बढाउन मद्दत गरेको बताए । २०२६ को विश्वकपमा साना फुटबल राष्ट्रहरूको प्रदर्शनलाई औंल्याउँदै उनले व्यापक सहभागिताले खेललाई फाइदा पुग्ने तर्क गरे । प्रतियोगिता अन्ततः ६४ टोलीमा विस्तार हुन सक्छ कि भनेर सोधिएको प्रश्नमा इन्फान्टिनोले सो प्रस्तावमाथि ‘परीक्षण र छलफल गरिने’ बताए ।
फिफा विश्वकपको इतिहास

फिफा विश्वकप सन् १९२४ र १९२८ को ओलम्पिक खेलहरूमा पुरुष फुटबल प्रतियोगिताहरूको सफलतापछि सिर्जना गरिएको थियो, जसका दुवै उपाधि उरुग्वेले जितेको थियो । त्यस समयमा ओलम्पिकमा फुटबलको आयोजना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गथ्र्यो, जसले गर्दा फिफालाई राष्ट्रिय टोलीहरूका लागि आफ्नै प्रतियोगिता बनाउन प्रेरित ग¥यो । फिफाका अनुसार, पेरिसमा भएको सन् १९२४ को ओलम्पिक फाइनलमा उरुग्वेले स्विट्जरल्याण्डलाई ३–० ले हराएर स्वर्ण पदक जित्दा लगभग ५० हजार दर्शक उपस्थित थिए । चार वर्षपछि, उरुग्वेले अर्जेन्टिनालाई २–१ ले हराउँदै आफ्नो उपाधि रक्षा ग¥यो, जसले फिफालाई एउटा स्वतन्त्र विश्वकप सफल हुन सक्छ भनेर विश्वस्त गराउन मद्दत गर्यो । मे १९२८ मा, फिफाले पहिलो विश्वकपको योजनालाई अनुमोदन गर्यो र उरुग्वेलाई आयोजकको रूपमा छनोट गर्यो ।
सो देशले अघिल्ला दुई ओलम्पिक उपाधि जितेको थियो र सन् १९३० मा आफ्नो स्वतन्त्रताको शतवार्षिकी मनाउँदै थियो । पहिलो विश्वकप जुलाई १९३० मा आयोजना भएको थियो, जसमा १३ टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । थुप्रै युरोपेली राष्ट्रहरू पानीजहाजबाट उरुग्वे गएका थिए र आयोजकले मोन्टेभिडियोको ‘एस्तादियो सेन्तेनारियो’ मा भएको फाइनलमा अर्जेन्टिनालाई ४–२ ले हराउँदै पहिलो पुरुष विश्व च्याम्पियन बन्यो । त्यसयता प्रतियोगिताको उल्लेख्य रूपमा विस्तार भएको छ । जुन १९३० मा १३ टोलीबाट बढेर सन् १९९८ मा ३२ र २०२६ मा ४८ टोली पुगेको छ । २०३० को संस्करणले पहिलो विश्वकपदेखिको १०० वर्ष मनाउनेछ र छवटा देश र तीन महादेशमा खेलिने पहिलो पुरुष प्रतियोगिता बन्नेछ ।
त्यसपछिको पुरुष फिफा विश्वकप सन् २०३४ मा आयोजना हुनेछ र साउदी अरेबियाले यसको आयोजना गर्नेछ । डिसेम्बर २०२४ मा साउदी अरेबियाले मात्र दाबी पेस गरेपछि फिफाले उसलाई आयोजकको रूपमा पुष्टि गरेको थियो । छवटा देश र तीन महादेशमा खेलिने २०३० का खेलहरू भन्दा फरक, २०३४ को विश्वकप एकल आयोजक राष्ट्रद्वारा आयोजना गरिनेछ । फिफाले प्रतियोगिताको मिति वा खेल तालिका भने घोषणा गर्न अझै बाँकी छ ।
विश्वकप २०२६ का विवादित घटना

फिफाले पहिलोपटक तीन राष्ट्रलाई आयोजक बनाएर २३ औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्यो । विश्वकपमा सर्वाधिक ४८ राष्ट्रले सहभागिता जनाउँदा कुल १०४ खेल भए । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा रेकर्डहरू बने । केही खेल विवादास्पद् बने ।
फिफाले अहिलेसम्मकै सफल आयोजना भनिरहँदा प्रतियोगितामा केही विवाद भने देखिए । इरानलाई खेलको दिनै अमेरिकाबाट फर्किनुपर्नेदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो निर्देशनमा रातो कार्ड फिर्ता लिनुसम्म विवादास्पद् निर्णय देखिए ।
विश्वकपका केही विवाद यस्ता छन्
सोमालियाका रेफ्रीलाई अमेरिका प्रवेशमा निषेध
विश्वकप सुरु हुनु दुई दिनअघि अमेरिकाले सोमालियाका रेफ्रीलाई प्रवेश नै दिएन । सोमालियाका रेफ्री ओमार अर्टन विश्वकप खेलाउन छनोट भएका थिए । उनी अमेरिकाको फ्लोरिडाको विमानस्थलबाट घर फर्किए । उनलाई अमेरिकाले भिसा नै उपलब्ध गराएन । अमेरिकाले सोमालियासँगै विश्वकपमा छनोट भएका हैटी, इरान, सेनेगल र आइभोरी कोस्टसहित १२ राष्ट्रलाई आतंकवादी संगठनको साथ दिएको भन्दै प्रवेश निषेध गरेको थियो । यसकारण रेफ्री ओमारले अमेरिका प्रवेश गर्न पाएनन् । उनलाई फिफाले सबै भत्ता उपलब्ध गराएको छ ।
इरानले खेलेकै दिन अमेरिका छाड्नुपर्ने
अमेरिकासँगको राजनीतिक द्वन्द्वका कारण इरानी खेलाडीले अन्तिम समयमा भिसा पाएका थिए । अमेरिकाले इरानलाई भिसा दिँदा एउटा कठिन प्रस्ताव राखिएको थियो । उनीहरू मेक्सिकोमा बस्नुपर्ने र खेलेकै दिनै अमेरिकाबाट फर्किनुपर्ने अमेरिकाको निर्देशन थियो । इरानले भिसा पाए पनि आठ घण्टासम्म अध्यागमन विभागले विमानस्थलमा रोकेर केरकार गरेको थियो । समूह चरणमा इरानका सबै खेल अमेरिकामै थियो ।
खेल सकिएलगत्तै उनीहरू मेक्सिको फर्किएका थिए । इरानीहरूले आफ्नो अन्तिम खेलपछि अमेरिकालाई ७४ शब्दमा अतिथि सत्कारको निमित्त धन्यवाद भनी टिप्पणी गरेका थिए ।
बालोगुनको रातो कार्ड फिर्ता
२३औँ संस्करणको विश्वकपमा सबैभन्दा चर्चित घटना रातो कार्ड बन्यो । अमेरिकाका स्ट्राइकर फ्लोरिन बालोगुनले समूह चरणमा रातो कार्ड पाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि फिफाले बेल्जियमविरुद्ध निलम्बनमा रहेका बालोगुनलाई खेल्न दिइएको थियो । बेल्जियमले एकपक्षीय खेलमा अमेरिकालाई हरायो ।
फिफा अध्यक्ष इन्फान्टिनो अनुशासन कमिटीको निर्णय भन्दै पन्छिएका थिए । युरोपियन फुटबल महासंघ र विभिन्न देशका फुटबल संघले फिफाको यस निर्णयको आलोचना गरेका थिए ।
रेफ्री र भिएआरको आलोचना
फिफाले विश्वकप २०२६ मा रेफ्रीलाई सहज बनाउन थुपै्र सुविधा प्रदान गरेको थियो । खेलका दौरान गम्भीर गल्ती नहोस् भनी रेफ्रीलाई भिडियो असिस्टेन रेफ्री (भिएआर)को सुविधासमेत दिइएको थियो । विश्वकपमा रेफ्री र भिएआरको निर्णयको निकै आलोचना भयो । सबैभन्दा ठूलो आलोचना र विवाद अर्जेन्टिना तथा इजिप्टको खेलमा थियो ।
इजिप्टका मुस्ताफा जिकोले ६२औँ मिनेटमा गरेको गोललाई मान्यता दिएर भिएआरको सहयोगमा उल्ट्याइएको थियो । अर्जेन्टिनाले ११ मिनेटभित्र तीन गोल गर्दै ३–२ को जित निकालेपछि विवाद सतहमा आयो । स्विट्जरल्यान्डलाई हराउँदा ब्रिल एम्बोलोलाई दिइएको रातो कार्डको निर्णय पनि विवादमा पर्यो ।
हाइड्रेसन ब्रेक
फिफाले अमेरिकामा अत्यधिक गर्मी हुने भन्दै हाइड्रेसन ब्रेक सुरु ग¥यो । दुवै हाफमा तीन मिनेट पानी खानका लागि यो नियम ल्याइएको थियो । विश्वकपका सबै खेलमा हाइड्रेसन ब्रेक भयो । यो नयाँ प्रयोग निकै विवादमा तानियो । केही खेलमा गर्मी नभएको भन्दै आलोचना भएको थियो । फिफाले विज्ञापनबाट अर्बौँ डलर कमाउन हाइड्रेसन ब्रेक नियम ल्याएको भन्ने आरोप लागेको छ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।