दमक ।

शनिबार बिहानैदेखि विभिन्न ठाउँमा भएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो जाँदा ६ वटा मुख्य राजमार्गहरुमा यातायात आवागमन अवरुद्ध भएको छ ।

नेपाल प्रहरी मुख्यालयबाट प्राप्त जानकारीअनुसार वर्षापछि आएको बाढीले खुर्काेट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा ती राजमार्गका विभिन्न सडक खण्ड अवरुद्ध भएका हुन् ।

वर्षाका कारण पहिरो खस्दा बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्