माङसेबुङ ।

माङसेबुङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८३/८४ को लागि ५१ करोड बढीको वार्षिक बजेट पारित गरेको छ ।

शुक्रबार माङसेबुङ गाउँपालकाका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा बसेको १८ औँ गाउँसभाको अन्तिम बैठकले आगामी आ.व. को लागि २४ हजार ६९७ रूपयाँको बजेट पारित गरेको माङसेबुङ गाउँपालकाका उपाध्यक्ष बिनोद नेम्बाङले जानकारी दिएका छन् ।

यसैबीच याक्थुङ लिम्बू भाषालाई पालिकाको कामकाजी भाषाको मान्यता दिएको माङसेबुङले साउन १ गते याक्थुङ लिम्बू जातिको चाड सिसेक्पा तङ्नाममा सार्वजनिक बिदा घोषण गरेको छ ।

पालिका अध्यक्ष हेमन्त राईले स्थानीय बिदा बारे जारी गरेको सूचनामा गाउँपालिकाको ७४ औँ कार्यपालिका बैठकको निर्णयका आधारमा पालिकास्थित वडा कार्यालय, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिइएको उल्लेख छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्