'माङसेबुङ पत्रकारिता पुरस्कार २०८३’ बाट लिम्बू पुरस्कृत हुँदै ।


माङसेबुङ ।

माङसेबुङ गाउँपालिकाले आफ्नो १८औँ गाउँसभा समापनको अवसरमा स्थानीय पत्रकार रामकुमार लिम्बू (राम योङहाङ) लाई नगर ५१ हजार रुपैयाँ राशिको पुरस्कारले पुरस्कृत गरेको छ ।

डेढ दशकयता पत्रकारितामा क्रियाशील लिम्बूलाई पालिकाले शुक्रबार ‘माङसेबुङ पत्रकारिता पुरस्कार २०८३’ बाट पुरस्कृत गरेको हो । पुरस्कृत लिम्बू स्थानीय नयाँ बुलन्द अनालइन र मेरो समाचार मासिकका सम्पादक हुन् भने राष्ट्रिय समाचार समितिका सम्वाददाता हुन् ।

उनलाई माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोदकुमार नेम्बाङ र प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले दोसल्ला ओढाइएर सम्मान–पत्र र नगदले सम्मानित गरिएको हो ।

पालिकाले यसैवर्षदेखि पत्रकारिता पुरस्कार वितरण गर्न सुरु गरेको उपाध्यक्ष नेम्बाङले जानकारी दिए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्