स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा पाँच हजार ६ सय रुपैयाँ र चाँदी १७५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँ र सेतो धातुको मूल्य पाँच हजार ४० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ८६५ रुपैयाँ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ५ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ८० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५ सय र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्