दमक ।
८ दिनअघि १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी व्यवस्थापनलाई लिएर सरकारका काम र गतिविधिमाथि प्रश्न उठिरहेका बेला बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सङ्घीय संसदमा आएर अवाफ दिएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संसदहरुले सोधेका प्रश्नहरुको जवफासमेत दिएका हुन् ।
जवाफका क्रममा विपद्को व्यवस्थापनका लागि सुरु दिनदेखि नै अन्तर्राष्ट्रिय सहयोग लिइरहेको स्पष्ट पारेका छन् । ‘यति ठूलो विपत्तिमा अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने प्रश्नै आउँदैन । पहिलो दिनदेखि नै हामीले विदेशबाट सहयोग लिइरहेका छौँ ।’ सांसदहरुको प्रश्नको जवाफमा बालेनले भनेका छन् ।
उनले बाढी आउने सम्भावित क्षेत्रका मानिसलाई पूर्व सूचित गर्ने उद्देश्यले बाढीबारे जानकारी भएलगत्तै ११ लाख एसएमएस पठाइएको जानकारी दिए । भोटेकोशी बाढीको विपद् पूर्वानुमानभन्दा बाहिरको कुरा भएको भन्दै बालेनले भने, ‘सरकारलाई थाहा हुने बित्तिकै ११ लाख नागरिकलाई एसएमएसमार्फत सूचना पठाइएको थियो ।’
बाढीका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनको बारे सोधिएको प्रश्नमा उनले वैज्ञानिक आधारमा शव व्यवस्थापन कार्य भइरहेको जिकिर गरे । ठूलो संख्यामा मृत्यु भएकाले कानुनी र वैज्ञानिक दुवै प्रक्रिया पूरा गरेर पहिचान नभएका शवलाई जमिनमुनि व्यवस्थापन गरिएको बालेनको भनाइ थियो । ‘डिएनए परीक्षण गरिएको छ, पछि म्याच गराएर अन्तिम संस्कार गर्न सकिन्छ,’ उनले भने, ‘यसमा भ्रममा नपर्न आग्रह गर्दछु ।’
प्रदेश सरकार र स्थानीय तहसँग निरन्तर संवादमा रहेको भन्दै बालेनले समन्वयकै आधारमा राहत र उद्धारका कामहरू भइरहेको दाबी गरे ।
उनले जलविद्युत आयोजनाका सुरुङहरुमा फसेकाहरूको उद्धारका लागि राज्यका सबै संयन्त्रहरु परिचालन गरिएको बताए । ‘यो फरक खालको उद्धार भएकाले यसमा निकै ठूलो प्राविधिक ज्ञान चाहिन्छ,’ उनले भने, ‘आफ्नो स्रोतसाधनले भ्याएसम्म सरकारले प्रयास गरिरहेको छ ।’
प्रधानमन्त्री बालेनले संसदमा गरेको सम्बोधनको पूर्णपाठ :


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।