दमक । रसुवामा आएको बाढीपछि नेपाली सेनाले उद्धार कार्यलाई तीव्र बनाएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ६ वटा हेलिकाेप्टर परिचालन गरी प्रभावितको उद्धार भइरहेको छ भने थप दुईवटा हेलिकाेप्टर उक्त क्षेत्रतर्फ जाने क्रममा रहेका छन्।
नेपाली सेनाका अनुसार हालसम्म २९ जनाको हवाई उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी र सहज बनाउन तीनवटा ड्रोनसमेत परिचालन गरिएको छ।
उद्धार टोलीले प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा रहेका नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। थप हेलिकाेप्टर र प्रविधिको परिचालनसँगै उद्धार कार्यलाई अझ तीव्र बनाउने तयारी गरिएको छ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।