दमक। बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
बुधबार मन्त्रिपरिषदको आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित स्थानीय तहमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । विपदबाट प्रभावित जिल्लाका स्थानीय तहमा तीन महिनाका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने,’ सरकार प्रवक्ता सस्मित पोखरेलले भने । सरकारले अहिले उद्धारका कामलाई प्राथमिकतामा राखेको उनले बताए।



प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।