दमक ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।
ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा श्रेष्ठको मंगलबार निधन भएको हो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि अन्तिम श्रद्धाञ्जलिका लागि श्रेष्ठको पार्थिव शरीर भोलि बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा राखिने जानकारी दिए । उनी क्यान्सर पीडित थिए ।
श्रेष्ठका ३ छोरा र ६ छोरी छन् । स्याङ्जाबाट पटक–पटक संसदीय निर्वाचन जितेका श्रेष्ठले विगतमा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री, उद्योग मन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
कांग्रेस संसदीय दलको प्रमुख सचेतकसमेत रहिसकेका श्रेष्ठ तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका थिए ।
उनलाई केही दिनअघि मात्रै कांग्रेस वरिष्ठ नेता घोषणा गरिएको थियो ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।