नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गत २१ फागुनमा भएको प्रतिनिधिसभाको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा जाँदै छन् ।
अध्यक्ष ओली आज पार्टीको केन्द्रीय संगठन विभागले काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा सहभागी हुन लागेका हुन् । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने केन्द्रीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।
प्रतिनिधसभा चुनावमा रास्वपाका उम्मेदवार एवं अहिलेका प्रधानमन्त्री वालेन्द्र शाहसँग चुनाव हारेका ओलीले लामो समयदेखि आफ्नो निवास गुण्डुबाट पार्टीका बैठकलगायत गतिविधि गर्दै आएका थिए ।
यहीबीचमा उनको पित्तथैलीको शल्यक्रियासमेत भएको थियो । त्यसपछि उनी आराममा थिए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।