काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालले भोटेकोशी बाढी पीडितको राहत तथा उद्धारमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख सहयोग हस्तान्तरण गरेको छ ।

मंगलबार पार्टीका महासचिवद्वय सुरेन्द्रकुमार झा र प्रकाश अधिकारीसहितको टोलीले सो रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले सो रकम सहयोग गर्ने निर्णय गरेको थियो भने त्यसका लागि विपद् व्यवस्थापन तथा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो ।चेक हस्तान्तरणका लागि समितिका संयोजक एवं पार्टीका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साह, सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरी सहभागी थिए ।

रकम हस्तान्तरण बारे महासचिव झाले जारी गरेको विज्ञप्तिमा आर्थिक सहयोग अभियानमा सहयोग गर्ने पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता र शुभेच्छुकलाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्