काठमाडौँ । राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुईवटा विधेयकहरू पारित भएका छन् । 

सभाको आजको बैठकबाट प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरिएको हो ।

यसअघि बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र साहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयकहरू पारित गरियोस् भन्ने बेग्लाबेग्लै प्रस्ताव पेस गरेकी थिइन् ।

राष्ट्रिय सभाको अर्को बैठक सोमबार दिउँसो १:१५ बजे बस्नेछ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्