३ असोज २०७१ मा स्थापना भएको बीपी कोइराला स्मृति प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियमको नाममा बीपी कोइरालाको लिगेसी हटाइएको छ । स्थापनाको १२ वर्षमा आएर नाम हटाइएको पाइएको छ ।

कुनै सार्वजनिक जानकारी नदिइकन सुटुक्क नाम हटाइएको छ । अहिले म्युजिमयको औपचारिक पत्रमा प्लानेटोरियम, अब्जरभेटरी एन्ड साइन्स म्युजियम मात्रै राखिएको छ ।

नेपालको प्रजातान्तिक आन्दोलनका अगुवा तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको म्युजियम काठमाडौंको कीर्तिपुरमा रहेको छ । यसले खगोलीय अनुसन्धान, अध्ययन र संग्रहालयको रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्