काठमाडौँ ।

नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै त्यसको विरोधमा लालटिन बालेर प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाल बार एसोसिएसनको प्राङ्गणमा कानुन व्यवसायी र बारका सदस्यहरूले सर्वोच्च प्रशासनको निवेदन दर्ता नगर्ने कार्यशैलीको विरोधमा लालटिन बालेरे प्रदर्शन गरेका हुन् ।

न्यायपालिकाको अवस्था र न्याय सम्पादन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरुले न्याय प्रणालीभित्रका बेथिति, ढिलासुस्ती र निष्पक्ष न्याय नभएको आदि आरोपसमेत लगाएका हुन् ।

निष्पक्ष न्यायका लागि खबरदारी गर्न प्रतीकात्मक रूपमा उनीहरुले दिउँसै न्याय हराएकाले लालटिन बालेर खोजी गरेका थिए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्