दमक ।
आज मे १ अर्थात १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘सबैका लागि मर्यादित काम, अधिकार र मर्यादाको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ विश्वभर मनाइँदैछ ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा आजकै मितिमा विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।
त्यसअघि सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ नारासहित मजदुर आन्दोलन भएको थियो । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । प्रहरीको गोली लागेर ७ जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।
त्यही दिनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिएको हो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।
नेपालमा विराटनरगमा ०७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । ०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।