दमक ।
मनमाया बान्तावा स्मृति प्रतिष्ठानले यस वर्ष गायिका सृष्टि हिङ्माङलाई २० हजार ५ रूपैयाँ नगद राशीको ‘मनमाया स्मृति संगीत पुरस्कार २०८३’ बाट पुरस्कृत गर्ने भएको छ ।
प्रतिष्ठानका संरक्षक विराट किरातीले शुक्रबार जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी गराइएको हो ।
‘लामो समयदेखि संगीतको विकास र उन्नयनका निम्ति अमूल्य योगदान गर्नुहुने श्री सृष्टि हिङ्माङ ज्यूलाई ‘मनमाया स्मृति संगीत पुरस्कार २०८३’ बाट पुरस्कृत गर्ने निर्णय भएको कुरा सहर्ष जानकारी गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार जेठ १६ गते स्वर्गीय मनमाया बान्तावाको १२ औँ पुन्य तिथिमा वितरण गरिने प्रतिष्ठानका अध्यक्ष निहाङ किरातीले जानकारी दिए । नवनासो साहित्य प्रतिष्ठान धरमपुरको सभाहलमा कार्यक्रम आयोजना गरेर पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।
२०७५ बाट प्रत्येक वर्ष सो पुरस्कार वितरण गरिदै आएकोमा सुरुवातबाट क्रमशः कविता नेपाल (कला), प्रकाश थाम्सुहाङ (साहित्य), रोहित खपाङ्गी (संगीत), कविता राई गाउँले (साहित्य), बिमला तुम्खेवा (साहित्य), काङमाङ नरेश राई (साहित्य) श्याम सिंघक (साहित्य) पुरस्कृत भइसकेका छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।