श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारप्रति संशय व्यक्त गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका सुकुम्बासी बस्तीका नागरिकलाई हटाउन थालिएपछि उनी निरन्तर सरकारको कार्यप्रति आक्रोशित अभिव्यक्ति दिइरहेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले ‘सरकारको चाल ठीक नभएको’ बताएका छन् । उनले भनेका छन्, ‘सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू हो, होसियार रहनुहोस् ।’ साथै उनले आग्रह गरेका छन्, ‘श्रम संस्कृतिका अभियन्ताहरू हो, निर्धन, दुब्ला र गरिबहरूको पक्षमा उभिनुहोस् ।’

उनले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने घोषणा पनि गरेका छन् । यसका लागि आफ्ना जिल्ला तथा पालिका समितिलाई अघि बढ्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्