दमक ।

नेपाली बजारमा आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम गरिएको हो ।

शनिबार २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन २ हजार ७ सय रुपैयाँले बढेको बताइएको छ ।
अघिल्लो साता आइतबार ३ लाख १ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आइतबार चाँदी भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । शुक्रबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९५ रुपैयाँमा पुगेको छ ।

गत आइतबार चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्