प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल भइरहेको छ । 

छलफलका क्रममा तीन जना मात्र मन्त्री उपस्थित भएका थिए । प्रधानमन्त्री कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयसहित आठ मन्त्रालयलाई विनियोजन गरिएको बजेटमाथि छलफल भइरहेको छ । 

तर मन्त्रीहरू उपस्थित नभएपछि बैठक स्थगित गर्नुपरेको हो । नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् । 

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्