गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित निर्माण गर्न लागिएको जेन–जी शहीद स्मारकको काम अलपत्र परेको छ ।

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण थालिएको उक्त स्मारकको काम केही समयअघि सुरु भए पनि हाल निर्माण कार्य ठप्प अवस्थामा पुगेको छ । तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना अघि बढाइएको थियो ।

Gen-Z-sahid-park_-1914-1781494182.jpg
जेन–जी आन्दोलनका शहीदहरूको सम्झनालाई संस्थागत गर्दै उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले स्मारक निर्माणको अवधारणा अघि सारिएको हो । स्मारकलाई ऐतिहासिक तथा मौलिक नेपाली शैलीमा निर्माण गर्ने योजना रहेको बताइएको छ ।

स्मारकमा आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ शहीदका शालिक स्थापना गर्ने, स्मृतिस्थल निर्माण गर्ने तथा शहीदहरूको योगदान झल्काउने विभिन्न संरचना राख्ने योजना छ । तर, निर्माण कार्य रोकिएसँगै परियोजनाको भविष्य अन्योलमा परेको छ ।

Gen-Z-sahid-park_-1915-1781494176.jpg
Gen-Z-sahid-park_-1921-1781494175.jpg
Gen-Z-sahid-park_-1912-1781494168.jpg
Gen-Z-sahid-park_-1911-1781494168.jpg
Gen-Z-sahid-park_-1924-1781494161.jpg

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्