प्रतिनिधिसभाको जारी गतिरोध अन्त्यको लागि सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् । छलफलमा प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपाका सांसद वर्षमान पुन, राप्रपाकी सांसद खुश्बु ओली छन् ।

बुधबार ११ बजेको लागि बोलाइएको संसद बैठक रोकेर उनीहरू छलफलमा जुटेका हुन् । गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्री बालेनले माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन् । 

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्