जेन–जी आन्दोलनका क्रममा पानी बाँडेर चर्चामा आएका र पछि रास्वपाबाट गोरखा–१ निर्वाचित भएका सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । सम्पत्ति विवरणमा नखुलेको ५० लाख रुपैयाँको शेयर र विवादास्पद व्यापारीसँगको सम्बन्धबारे प्रश्न उठेपछि उनले ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
राजीनामापछि पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको छानबिन समितिले उनीविरुद्ध लागेका आरोप पुष्टि हुने कानुनी प्रमाण नभएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा गुरुङ ४९ दिनपछि पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किन लागेका हुन् ।
गुरुङ पहिलोपटक चैत १३ मा गृहमन्त्री बनेका थिए तर विभिन्न विवाद र आलोचनाबीच २७ दिनमै पद छाड्न बाध्य भएका थिए । उनले राजीनामा दिँदा निष्पक्ष छानबिनका लागि नैतिक जिम्मेवारीस्वरूप पद त्यागेको बताएका थिए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।