प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । विपक्षी दलकाे अवराेधपछि बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।

सोमबारको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदले उठेर विरोध गरे । त्यसपछि सभामुख डीपी अर्यालले एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए ।

सांसद अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएकाे भन्दै क्षमा याचना गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्