रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

भेटपछि मोदीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाको नेपाली भावानुवाद

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि सँगै मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्छु ।

हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र हो । नेपालमा गठन हुने नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष, बहुआयामिक तथा घनिष्ठ सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन हामी उत्सुक छौँ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्