रास्वपाका सांसद प्रेमलाल चौधरीले सरकारलाई आफ्नै राष्ट्रिय राइड शेयर प्लेटफर्म निर्माण गर्न आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठक सांसद चौधरीले राइड शेयरको नाममा करोडौँ रकम विदेशिएको बताउँदै त्यो रोक्न सरकारको आफ्नै प्लेटफर्म हुनुपर्ने बताए । 

‘राइडमार्फत वार्षिक करोडौँ रकम बाहिरिने गरेको छ । त्यसैले नेपाल सरकारसँग अनुरोध गर्दछु कि सरकारले आफ्नै राष्ट्रिय राइड शेयर प्लेटफर्म निर्माण गरोस्’, सांसद चौधरीले भने । 

साथै, विदेशी कम्पनीले पाउने १२ प्रतिशत कमिसन पनि घटाएर ७ प्रतिशतमा झार्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्