काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले मंगलबार यहाँस्थित युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री साहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। 

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री साहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्