बिर्तामोड ।

प्रहरीले झापामा बैंकिङ कसुर (चेक अनादर) मुद्दामा फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चेक बाउन्स सम्बन्धी मुद्दामा झापा जिल्ला अदालतबाट पक्राउपुर्जी जारी भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।

पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड १ का ५८ वर्षीय भानु प्रसाद शिवाकोटी, धनकुटाको धनकुटा ६ का ४८ वर्षीय श्रीराम श्रेष्ठ र संखुवासभाको खाँदबारी १३ का ४२ वर्षीय रमेश राई रहेका प्रहरीले जनाएको छ ।

शिवाकोटीमाथि २१ लाख रूपैयाँ बराबरको चेक बाउन्स मुद्दा रहेको प्रहरीले जनाएको छ । श्रेष्ठमाथि २० लाख ३३ हजार २ सय ४२ रुपैयाँ बराबरको चेक बाउन्स मुद्दा रहेको र राईमाथि ११ लाख १३ हजार ५ सय बराबरको चेक बाउन्स मुद्दा रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्