झापाको कमल गाउँपालिका ५ गुजेश्वरी टोलमा सर्पले टोकेर एक ७ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब १०ः५० बजे स्थानीय कर्णबहादुर राईका छोरा सायंक राई आफ्नै घरको कोठामा खेलिरहेको अवस्थामा गोमन सर्पले दाहिने खुट्टामा टोकेको प्रहरीले जनाएको छ ।

सर्पले टोकेपछि परिवारले तत्काल बालकलाई दमकस्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विर्तामोड स्थित बि एण्ड सि अस्पताल रेफर गरिएको छ ।

हाल बालकको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्