प्रतिनिधिसभामा चिया उद्योगीले उद्योग बन्द गरेको विषय उठेको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा भारतले निर्यातमा कडाइ गर्दा ८३ वटा चिया उद्योग बन्द भएको विषय नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले उठाएका हुन् ।

उनले नेपालीले उब्जाएर निर्यात गरिएको तीन लाख किलो चिया भारतमा रोकिएको र सात लाख किलो चिया उद्योगको स्टोरमै रोकिएको बताए ।

निर्यात रोकिँदा चिया उद्योगका मजदुर र चिया टिप्ने मजदुरको रोजगारी खोसिएको भन्दै केरुङले तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरे ।

उनले भारतसँग जीटुजी गरी समस्याको तत्काल समाधान गर्न पनि माग गरे ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्