झापा प्रहरीले दमकसहित जिल्लाका विभिन्न क्षेत्रमा गुण्डागर्दी, आपराधिक गतिविधि तथा आतंक फैलाउने कार्यमा संलग्न व्यक्तिहरूको विवरण संकलन गरी विशेष सूची तयार गरेको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार माथिल्लो निकायको निर्देशनपछि जिल्लाभर सक्रिय आपराधिक समूह, गुण्डा प्रवृत्तिका व्यक्ति तथा विभिन्न घटनामा संलग्नहरूको विवरण अद्यावधिक गरिएको हो ।
सूचीमा विगतमा पक्राउ परेका, बारम्बार विवादमा आउने, धम्की, असुली, झैझगडा तथा संगठित अपराधमा नाम जोडिएका व्यक्तिहरू समेटिएको बताइएको छ । प्रहरीले दमक, बिर्तामोड र काँकरभिट्टा लगायत क्षेत्रमा निगरानीसमेत बढाएको जनाएको छ ।
हालसम्म प्रहरीले सार्वजनिक रूपमा कसैको नाम भने सार्वजनिक गरेको छैन ।
